Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

डा. पोख्रेलद्वारा राप्ती आधारभूत अस्पताललाई पोर्टेबल मेडिकल डायग्नोस्टिक डिभाइस प्रदान

मंगलबार, पुस १, २०८२

सिसहनियाँ, १ पुष - नेपाल विकास समाज पोखरामा प्रशिक्षक तथा राप्ती गाउँपालिका–१, पाखापानी निवासी डा. भरत पोख्रेलले राप्ती आधारभूत अस्पताल, कालापानीलाई एक थान पोर्टेबल मेडिकल डायग्नोस्टिक डिभाइस प्रदान गर्नुभएको छ।

सोमबार आयोजित एक कार्यक्रममा डा. पोख्रेलले सुगर, रक्तचाप (ब्लड प्रेसर), ईसीजी, अक्सिजन स्तर तथा शरीरको तापक्रम मापन गर्न सकिने आधुनिक उपकरण राप्ती गाउँपालिकाका अध्यक्ष एवं अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गर्नुभएको हो।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,स्वास्थ्य  शाखा प्रमुख नारायणाउ राउत, नेपाल विकास समाजका कार्यकारी निर्देशक डा. श्वेता कोइराला, अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेल, मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) सुशील केसी, कालिदास न्यौपाने, व्यवस्थापक पवित्र बाबु सोतीलगायतको उपस्थिति रहेको थियो।

उपकरण हस्तान्तरण कार्यक्रममा अध्यक्ष प्रकाश विष्टले डा. पोख्रेलको योगदानको प्रशंसा गर्दै सेवाभाव, पेशागत जिम्मेवारी र समाजप्रतिको दायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको बताउनुभयो। उहाँले अस्पतालमा आधुनिक उपकरण थपिँदा स्थानीय नागरिकले समयमै, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयस्तरमै आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भएपछि राप्ती गाउँपालिका क्षेत्रका नागरिकले थप सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्