सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर,१ पुष - छैठौं बंगलाचुली कपमा क्रिकेट तर्फ बिजेता टिम वडा नम्बर ३ ले श्री महेन्द्र नमुना मावि श्रीवारीमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक सामाग्री अन्तर्गत कापि र कलम वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित नहुन भन्ने उदेश्यले उपाधि जितेको थोरै रकमबाट शैक्षिक सामाग्री वितरण गरिएको टिमका प्रशिक्षक पुनाराम खत्रीले जानकारी दिनुभयो ।
वडा नम्बर ३ का खेलाडी खुमान महरा र श्रीधर घर्तीले टिमको तर्फबाट शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।साथै विद्यालयले प्रत्येक शुक्रबार आयोजना गर्ने शुक्रबारीय अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरेको छ । खेलकुदमा प्राप्त गरेको पुरस्कार यसरी विद्यालयमा आर्थिक अवस्था न्युन रहेका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु रचनात्मक काम भएको विद्यालयका प्रधानाध्यापक तिलक वलीले बताउनुभयो ।साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको समेत उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर फखड्काको अध्यक्षतामा एक कार्यक्रम गरि शैक्षिक सामाग्री र पुरस्कार प्रदान गरिएको हो ।