नेपाल मगर सांस्कृतिक संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न, खमबहादुर बुढा मगर अध्यक्ष चयन

दाङ,२ पुष — नेपाल मगर सांस्कृतिक संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आज मिति २०८२ साल पौष १ गते सम्पन्न भएको छ। अधिवेशन योगमाया घर्ती मगरको अध्यक्षता तथा प्रेम बिवस घर्तिकाे प्रमुख अ आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनले खमबहादुर बुढा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।597664864_26283793357890638_6782012213361524293_n-1765937970.jpgनयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लालबहादुर घर्ती मगर, उपाध्यक्षमा शिव घर्ती मगर र महिला उपाध्यक्षमा सपना गाहा मगर चयन भएका छन्। महासचिवमा तेजेन्द्र बुढा मगर, प्रशासन सचिवमा महेश रोका मगर, संगठन सचिवमा विमला थापा मगर र सञ्चार सचिवमा दिपक दर्लामी मगर चयन भएका छन्।

यसैगरी कोषाध्यक्षमा बेदलाल पुन मगर चयन भएका छन्। सदस्यहरूमा विकास बुढा मगर, नैना पुन मगर, तुलवीर थापा मगर, बलबहादुर थापा मगर, दिलकुमार रोका मगर र बाबु रोका मगर रहेका छन्।

अधिवेशनमा नेपाल मगर संघ कपिलवस्तुका सहसचिव देवी सारु मगर र सैलेन्द्र पुन मगर विशेष अतिथिका रूपमा सहभागी थिए। साथै नेपाल मगर संघ शिवराज नगरपालिकाका अध्यक्ष पूर्णबहादुर बुढा मगर, उपाध्यक्ष खेम पुन मगर तथा सल्लाहकार ओमबहादुर सिंजाली मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले मगर समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्