वडा नं ८ मा वडास्तरीय युवा खेलकुद औपचारिक रूपमा उद्घाटन भई सुरु

बुधबार, पुस २, २०८२

रोल्पा ,२ पुस -रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ मा वडास्तरीय युवा खेलकुद उद्घाटन भएको छ। खुसी र समृद्धि अबको रून्टिगढी भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम आयोजना गरिएको हो ।

रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ को आयोजनामा भएको खेलकुद कार्यक्रम मा विभिन्न राजनीतिक दलका प्रतिनिधि खेलप्रेमी स्थानीयवासी वडामा कार्यरत कर्मचारी जनप्रतिनिधि खेल शिक्षक लगायत खेलाडी हरूको उपस्थिति रहेको थियो।598705493_4538001006442978_203135644345670493_n-1765953787.jpg
 

रुन्टिगढी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष तुलसी पुन को अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सरिता केसी रहनुभएको थियो भने अन्य अतिथिमा रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता चेतलाल खत्री, कार्यपालिका सदस्य रेश्मा बहकरी,वडा सदस्यहरू चन्द्रवीर घर्ती र तीर्थमाली सार्की, त्यस्तै राजनीतिक दलबाट नेपाल कम्युनिस्ट पार्टी का प्रदेश सदस्य गोविन्द पुन, नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत, नेपाली कांग्रेस वडा नं ८ का सभापति खिमबहादुर रोका लगायत अन्य अतिथिहरूको समेत सहभागिता रहेको थियो। खेलकुद कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने भएको छ। 598881617_1163217325577566_2776242360765814674_n-1765953764.jpgपुस १ गतेबाट सुरु भई पुस ३ गतेसम्म सञ्चालन हुने भएको हो। खेलकुद कार्यक्रममा विभिन्न प्रतियोगिताहरू राखिएता पनि भलिबल प्रतियोगितामा १२ टिम दर्ता भएको खेल आयोजकले जानकारी दिएको छ। खेलकुद कार्यक्रम रुन्टिगढी ८ को खसगौरी खेलमैदानमा औपचारिक रूपमा समुद्घाटन भई सुरु भएको छ। समुद्घाटन कार्यक्रमको सहजीकरण रुन्टिगढी गाउँपालिका वडा नं ८ का स्वास्थ्य शाखा इन्चार्ज शेरबहादुर बिकले गर्नुभएको हो।
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्