पत्रकार स्थापना दिवसको अवसरमा २४ जनाले गरे रक्तदान

बिहीबार, पुस ३, २०८२

घोराही,३ पुष  - नेपाल पत्रकार महासङ्घ दाङ शाखाको ३३ औं स्थापना दिवसको अवसरमा २४ जनाले रक्तदान गरेका छन् । महासङ्घको आयोजना तथा रक्तसञ्चार घोराहीको प्रविधिक सहयोगमा मंगलबार महासंघकै प्रांगणमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् ।

महासंघको गत मंसिर १२ गते बसेको नियमित कार्यसमितिको एघारौं बैठकले पुस एक गतेदेखि चार गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो ३३ औं स्थापना दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थापना दिवसको पहिलो दिन महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवसको सुरुवात गरेको हो ।

महासङ्घको स्थापना दिवसको अवसरमा पहिलो दिन भएको रक्तदान कार्यक्रममा गजेन्द्र बोहरा, जनक नेपाली, गिरिराज नेपाली, जंगबहादुर रेउले, हेमराज परिवर्तन, शैलेश अधिकारी, कविता डिसी, रेमन्ता पुनले रक्तदान  गर्नुभएको थियो । त्यस्तै दीपक पुन, भरत ओली, बलजित दमाई, विनोद नेपाली, शिवप्रसाद देवकोटा, सुशील परियार, भोजराज डाँगी, विनिता नेपाली, हिमाल पौडेल, प्रविन रोका गमर, विज्ञान बुढा मगर, विपिन नेपाली, समिर परियार, महेश कुमार रोकाय र गणेश ओलीले गर्नु रक्तदान गर्नुभएको थियो ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिने उद्देश्यकासाथ रक्तादान कार्यक्रमको आयोजना गरिएको महासङ्घले जनाएको छ । एक पोका रक्तदानले कसैको जीवन बच्न सक्ने भएको हुँदा रक्तदान कार्यमा सबैको सहभागिता रहनुपर्ने समेत महासङ्घले बताएको छ ।  

रक्तदान कार्यक्रममा महासङ्घका अध्यक्ष सन्तोष सुवेदी तथा महासङ्का संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार एवं् साहित्यकार नारायणप्रसाद शर्माको विशेष उपस्थितिमा भएको रक्तदान कार्यक्रममा जिल्लामा कार्यरत पत्रकारहरुको उत्साहजनक सहभागिता रहेको थियो । वगत वर्षदेखि नै निरन्तर रुपमा महासङ्घले आफ्नो स्थापना दिवसको अवसर विविध कार्यक्रमहरु गरी मनाउँदै आइरहेको छ ।


रक्तदान गर्नका लागि १८ वर्षदेखि ६० वर्षसम्मको उमेर र ४५ किलोग्रामभन्दा बढी तौल हुनुपर्छ । शारिरीक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको व्यक्ति हुनुपर्छ । खासगरी दुर्घटनामा परेका व्यक्ति, चोटपटक लागेका बिरामी, आपतकालीन एवं प्रकोपको बेला, बच्चा र गम्भीर रक्तअल्पता भएका वयस्कहरु, रक्तश्रावसँग सम्बन्धित बच्चाहरु, शल्यक्रियामा रहेका बिरामीहरु, गम्भीर रक्तअल्पता भएका गर्भवती महिलालाई रगतको आवश्यकता पर्छ 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्