सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१० पुस - दाङको घोराही उपमहानगरपालिकाको १८ औँ नगरसभा सुरु भएको छ । नगरसभामा यसअघि स्वीकृत योजना तथा कार्यक्रम संशोधन, रकमान्तरनसम्बन्धी व्यवस्था र विभिन्न ऐन संशोधनका विधेयक पेश गरिएको छ ।
नगरसभामा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तरनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । यस्तै सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि सभामा पेश गरिएको छ ।
त्यसैगरी नगरसभामा आर्थिक ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक र करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी मापदण्ड निर्धारण गर्न बनेको विधेयक पनि प्रस्तुत गरिएको छ ।
नगरसभा अन्तर्गतका विभिन्न विधेयक र प्रस्तावहरूमाथि छलफल अघि बढाइने जनाइएको छ । नगरसभाको अर्को बैठक आगामी पुस ११ गते शुक्रबार बस्ने तय गरिएको छ । साभार खाेजरफतारबाट