सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा १३ पुस - जन नमुना युवा कलब रुन्टिगढी गाउँपालिका वडा न १ दाङचोत रोल्पाको १५ औ बार्षिकउत्सवको अवसरमा आयोजना गरिएको खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकुद सञ्चालन भएको भएको हो।
पुष १० गते उद्घाटन भएको खेलकुद कार्यक्रम को अध्यक्षता सन्देश घर्ती मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वडा नम्बर १ का अध्यक्ष थम बहादुर घर्ती रहनुभएको थियो। त्यस्तै अन्य अतिथिहरूमा वडा नम्बर १ का वडा सदस्य फतेसिंह घर्ती मगर पद्मोदय मावि दाङचोटका प्रधानाध्यापक वीरेन्द्र कवरस्थानीय राजनीतिक दलका प्रतिनिधि समाजसेवी खेलाडी खेलकुद प्रेमी लगायतको उपस्थिति रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबलतर्फ सुशेली युवा क्लब रामली प्रथम असीम युवा क्लब लापल द्वितीय नवचेतना युवा क्लब मसिना तृतीय र समाज जागरण युवा क्लब गैरीगाउँ सान्त्वना भएका छन्।
यस्तै अन्य प्रतियोगिताहरूमा महिला कुर्सी दौड र खुल्ला घैँटाकोट प्रतियोगिता समेत भएको थियो। जसमा महिला कुर्सी दौडतर्फ दिपीका कवर प्रथम सुनिता पुन द्वितीय र सुनिता घर्ती मगर तृतीय भएका हुन् भने खुल्ला घैँटा फोर प्रतियोगितातर्फ फोहोर यमराज पुन मगर विजेता भएका हुन्। तीन दिनसम्म सञ्चालन भएको विविध खेलकुद प्रतियोगिताको सहजीकरण वसन्त खड्काले गरेको त्यहाँबाट शिक्षक दिलकुमारी राना मगरले जानकारी दिनु भयाे ।