चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

बुधबार, पुस १६, २०८२

सिसहनियाँ, १६ पुस - चिसो मौसम बढ्दै गएपछि दाङको राप्ती गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ।
राप्ती गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जनाएको हो। १९ गते शनिबार सार्वजनिक बिदा परेकाले लगातार चार दिन विद्यालयहरू बन्द रहने भएका छन्।
सूचनामा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र तराईका धेरै स्थानमा बाक्लो हुस्सु तथा कुहिरोसँगै शीतलहर चलिरहेको उल्लेख गरिएको छ। अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकद्वारा हस्ताक्षरित सूचनामा हालका लागि तीन दिन पठनपाठन स्थगित गरिएको र उक्त बिदा हिउँदे बिदाबाट कट्टा गरिने व्यवस्था मिलाइने उल्लेख छ। साथै मौसमको अवस्था सुधार नआएमा पठनपाठन सञ्चालन वा थप स्थगन गर्ने विषयमा पुनः सूचनामार्फत जानकारी गराइने जनाइएको छ।WhatsApp-Image-2025-12-31-at-05.49.41-1767146715.jpeg

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
समाचार