नेपाल ज्योतिष परिषद् मकवानपुरका पदाधिकारी द्धारा राजीनामाको खण्डन हामी कार्यसमितिमै आबद्ध छौँ

शुक्रबार, पुस १८, २०८२

​हेटौंडा, १८ पुस -  नेपाल ज्योतिष परिषद् मकवानपुर जिल्ला कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरूले आफ्नो पदबाट राजीनामा दिएको भन्ने हल्लाको कडा खण्डन गरेका छन्। मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरू अझै पनि कार्यसमितिमा आबद्ध रहेको प्रष्ट पारेका हुन्।
​विज्ञप्तिको मुख्य विवरण

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

​राजीनामाको अस्वीकार कार्यसमितिका सदस्यहरूले आफूहरूले कुनै पनि त्यागपत्र नबुझाएको र राजीनामाका बारेमा कुनै आधिकारिक जानकारी समेत नभएको बताएका छन्।
 कसैले अनाहकमा त्यागपत्र प्रस्तुत गराएको भए त्यसलाई स्वीकार नगर्ने र आफूहरू परिषदमै क्रियाशील रहेको उनीहरूले उल्लेख गरेका छन्।
​केन्द्रीय सदस्यहरूको जानकारी यस घटना र पछिल्लो विकासक्रमबारे नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्यहरू आचार्य ज्योतिषी पण्डित गणेश प्रसाद धिताल, विष्णु दाहाल, मातृका नेपाल र होम राज न्यौपानेले जानकारी दिनुभएको छ।

​विज्ञप्ति मिति यो स्पष्टीकरण २०८२ साल पौष १६ गते सार्वजनिक गरिएको हो।609201388_1622337258935348_2475138987044987039_n-1767370379.jpg

​विज्ञप्तिमा हस्ताक्षर गर्ने पदाधिकारी तथा सदस्यहरू
१. चैतन्य कृष्ण सरण – उपाध्यक्ष
२. रामेश्वर धिताल – कोषाध्यक्ष
३. केशव प्रसाद सापकोटा – जिल्ला सदस्य
४. नारायण प्र पौडेल – सदस्य
५. पिताम्बर ढकाल – सदस्य
६. डिकनाथ पौडेल – सदस्य
७. शालिग्राम पराजुली – सहकोषाध्यक्ष
८.देव कृष्ण घिमिरे – सदस्य
​यसअघि नै परिषद्ले आगामी पौष १९ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको सन्दर्भमा यो विज्ञप्ति र केन्द्रीय सदस्यहरूको भनाइ सार्वजनिक भएको हो। यसले संगठनभित्रको अन्योल चिर्न र एकजुट भएर अघि बढ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्