विद्यार्थीहरूलाई न्यानो कपडार प्याड सहयोग

शनिबार, पुस १९, २०८२

घोराही, १९ पुस - नेपालमहिला सामुदायिक सेवा केन्द्रले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ । विहीवारघोराहीमा एक कार्यक्रमआयोजना गरी केन्द्रले पढाईमा सहयोग गरेका विद्यार्थीहरुलाई न्यानो कपडा र बालिकाहरुलाई स्यानिटरी प्याड वितरण गरिएको हो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

जाडो मौसममाबालबालिकाहरुलाई विद्यालयजानकालागि सहजहोस्भ भन्ने उद्धेश्यका साथबालबालिकाहरुलाई सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ । संस्थाका संस्थापकअध्यक्षबिमला योगीले संस्थामा स्थापना गर्नुभएको “विमला योगीबालिकाशिक्षातथा स्वास्थ्यकार्यक्रम”अन्तरगतन्यानो कपडाप्रदान गरिएको हो । 

नेपालमहिला सामुदायिक सेवा केन्द्रकाअध्यक्षकल्पनान्यौपानेको अध्यक्षताएवं संस्थापकअध्यक्षबिमला योगीको प्रमुखआतिथ्यमाभएको कार्यक्रममानेपालमहिला सामुदायिक सेवा केन्द्रद्वारा प्रवद्र्धन गरिएको लैङ्गिक हिंसा पुनस्र्थापना केन्द्रले उत्पादन गरिएको पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याडपनिवितरण गरिएको थियो।

कार्यक्रममाप्रमुखअतिथियोगीले संस्थाले स्थापनादेखी नै कुनै पनिबालबालिकाआर्थिक अभावका कारणशिक्षाबाटबञ्चितहुनु नपरोस् भन्ने उद्धेश्यका साथबालबालिकाहरुको शिक्षअभियान सुरु गरेको बताउदै यो अभियानलाई अझै व्यापक रुपमाअगाडीबढाउने बताउनुभयो । ‘सामाजिककायै गर्ने भनेरै यो संस्थाको स्थापना गरेका हौँ, संस्था स्थापना सँगै हाम्रो अभियानभनेको बालबालिकाबढाउने हो । आर्थिक अभावका कारणबालबालिकाहरु पढाईबाटबञ्चीतहुननपरोस् भनेर हामीले अभियान सुरु गरेका हौँ ।’उहाँले भन्नुभयो–‘यो अभियानहामीले ३ दशकदेखी निरन्तर रुपमाअगाडीबढाईरहेका छौँ, आगामीदिनमा यो अभियानलाई अझै बलियो बनाएर जाने छौँ ।’उहाँले चिसो मौसमका कारणविद्यालयजाने बालबालिकाहरुको पढाई नछुटोस् भनेर न्यानो कपडा सहयोग गरिएको बताउनुभयो । साथै उहाँले स्यानिटरी प्याडको प्रयोगले किशोरीहरुको प्रजनन स्वास्थ्यमाफाईदा पु¥याउने बताउनुभयो । 

सशक्तिकरणकालागिशिक्षाकार्यक्रमकाकार्यक्रम संयोजककल्पनाडाँगीले विद्यार्थीहरूको व्यक्तिगत सरसफाइकाबारेमाजानकारी दिनु भएको थियो। विद्यार्थी सृजनाखड्काले पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याडप्रयोगकाबारेमाजानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरणमनोविमर्शकर्ता निर्मला चौधरीले गर्नुभएको थियो । कार्यक्रममा २९ जनाविद्यार्थीलाई न्यानो कपडा र २१ जनाकिशोरी र अभिभावकहरुलाई स्यानिटरी प्याडप्रदान गरिएको थियो ।13-1767403814.jpg
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्