Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

"स्वच्छ खानेपानी नागरिकको मौलिक तथा नैसर्गिक अधिकार हो" : अध्यक्ष विष्ट

शनिबार, पुस १९, २०८२

सिसहनियाँ,१९ पुस  - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ खानेपानी नागरिकको मौलिक तथा नैसर्गिक अधिकार भएको बताउनुभएको छ।

शनिबार प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था राप्ती गाउँपालिका-८ पिपरीको आठौं वार्षिक साधारणसभा तथा चाैथो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु संघ, प्रदेश र स्थानीय सरकारको साझा तथा प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो।

उहाँले सीमित स्रोतसाधनका बीच पनि प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा विस्तार, व्यवस्थापन र उपभोक्ताको हितका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। साथै गाउँपालिकाले आगामी दिनमा योजना समन्वय र आवश्यक बजेट व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

अध्यक्ष विष्टले अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझ सशक्त, पारदर्शी र विश्वासिलो बनाउँदै लैजान आग्रह आग्रह गर्नुभयाे।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
समाचार