समाजसेवी केसीद्वारा चिसोबाट जोगाउन विद्यालयलाई हिटर सहयोग 

आइतबार, पुस २०, २०८२

तुलसीपुर,२० दाङ-अत्यधिक चिसोका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको समस्यालाई मध्यनजर गर्दै तुलसीपुरस्थित ज्ञान ज्योति आधारभूत  विद्यालयलाई हिटर सहयोग गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

चिसोबाट विद्यार्थीहरूलाई सुरक्षित राख्ने विषयमा भएको छलफलका क्रममा गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै तुलसीपुर क्षेत्रका समाजसेवी तथा व्यवसायी यज्ञ केसीले ३ पिस र तुलसीपुर उपमहानगरपालिका पञ्जिकरण शाखा प्रमुख तथा समाजसेवी यम नारायण सापकोटाले २ पिस हिटर विद्यालयमा आएर उपलब्ध गराएका हुन्।

उक्त सहयोगको समन्वय तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले गर्नुभएको थियो। सहयोगकर्ताहरूलाई विद्यालय परिवारले धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष हरिबहादुर बि.क. विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी परियार, प्रधानाध्यापक मेघालय घिमिरे लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो।609031780_1172848288168208_2616217844651665467_n-1767526615.jpg

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्