बंगलाचुली–७ को जनता प्रा.वि. छापडाँडामा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

आइतबार, पुस २०, २०८२

दाङ, २० पुस - दाङको बंगलाचुली गाउँपालिका वडा नं. ७ स्थित जनता प्राथमिक विद्यालय छापडाँडामा आज विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बुद्ध इन्टरनेसनल हस्पिटलको आयोजनामा तथा बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा २८१ जना स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए।WhatsApp-Image-2026-01-04-at-21.29.05-1767546189.jpegस्वास्थ्य शिविरमा वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत, महिला रोग विशेषज्ञ डाक्टर विमला तिवारी, हाडजोर्नी रोग विशेषज्ञ डाक्टर अनिल यादव, बाल रोग विशेषज्ञ डाक्टर विज्ञान के.सी. तथा सामान्य रोग उपचारतर्फ डाक्टर मिलन पोखरेललगायतले विभिन्न रोगको चेकजाँच तथा उपचार सेवा प्रदान गरेका थिए।

शिविर उद्घाटन कार्यक्रम बंगलाचुली गाउँपालिका वडा नं. ७ का अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जी.सी. अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले जनताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा बजेट छुट्याएर विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले शिविर आयोजना गर्ने बुद्ध इन्टरनेसनल हस्पिटल परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

WhatsApp-Image-2026-01-04-at-21.35.43-1767546229.jpeg

WhatsApp-Image-2026-01-04-at-21.35.41-1767546230.jpeg

WhatsApp-Image-2026-01-04-at-21.35.40-(1)-1767546231.jpeg

WhatsApp-Image-2026-01-04-at-21.35.40-1767546232.jpeg

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्