Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सोमबार, पुस २१, २०८२

दाङ, २१ पुस - दाङमा श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ केराघारीका २१ वर्षिय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।

आलेलाई शुक्रबार (पुस १८ गते) राती तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

सुमनले श्रीमती १७ वर्षिय खीमा परियारलाई यहि पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका कारण कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते परियारको नेपालगञ्जमा उपचारको क्रममा पुस १८ गते निधन भएको प्रवक्ता शाहले जानकारी दिनुभयाे । साभारदाङ 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
समाचार