दंगीशरणका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न

सोमबार, पुस २१, २०८२

दंगीशरण, पुस २१ -  दाङकाे दंगीशरण गाउँपालिकाका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दंगीशरण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा बदलिँदो कथाहरू नेपालको सहकार्यमा कक्षा १ देखि ३ सम्मका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन गरिएको हो। तालिममार्फत प्रारम्भिक तहका शिक्षकहरूलाई नयाँ पाठ्यक्रमअनुसार शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।

तालिम समापन समारोह शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले बालमैत्री र व्यवहारिक शिक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि शिक्षक लक्षित तालिम तथा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिमले कक्षा शिक्षणमा नयाँ दृष्टिकोण र सीप प्रदान गरेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्