वाईसीएल राप्तीद्वारा नुतन बाल उद्यान प्राविलाई कार्पेट र पिफम सहयोग

सोमबार, पुस २१, २०८२

सिसहनियाँ, २१ पुस - योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल राप्ती गाउँपालिका कमिटीले राप्ती गाउँपालिका–५ सिङ्गे स्थित नुतन बाल उद्यान प्राथमिक विद्यालयलाई २४ हजार रुपैयाँ बराबरको कार्पेट र पिफम सहयोग गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

चिसो मौसमका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो तथा सहज वातावरणमा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको वाईसीएल नेपाल राप्ती गाउँपालिका कमिटीका अध्यक्ष बसन्त हमालले जानकारी दिनुभयो।

सहयोग सामग्री वाईसीएल नेपाल राप्ती गाउँपालिका कमिटीका अध्यक्ष बसन्त हमाल, उपाध्यक्ष सुरेन्द्र थापा मगर तथा ऐरावती आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति विनोद कुमार सोनीले सामूहिक रूपमा लगानी गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवराज भट्टराई र प्रधानाध्यापक कमल बहादुर खैकला मगरलाई हस्तान्तरण गर्नुभएको हो।

सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराई र प्रधानाध्यापक खैकला मगरले वाईसीएलको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले चिसो मौसममा विद्यार्थीहरूलाई भुइँमा बस्नुपर्ने समस्या समाधान भई पठनपाठन अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो।

सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै वाईसीएल नेपाल राप्ती गाउँपालिका कमिटीले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने जनाएको छ।
तुल

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्