सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २२ पुस - नेपाल मगर संघ घोराही उपमहानगरपालिका दाङको आयोजनामा पुस २५ गतेदेखि सुरू हुने दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघ मेला–२०८२’ मा विशेष आकर्षणहरू रहने भएका छन् । घोराही उपमहानगरपालिका–१४ गाेरखम टाेल (ट्राफिक चोकदेखि दक्षिणतर्फ) हुने मेलामा मगर संस्कृति झल्कने स्टल, प्रस्तुती एवं जलपरी र लण्डन ब्रिज रहने भएकाे छ ।
मेलाबाट संकलन हुने रकम नेपाल मगर संघ दाङको अपुरो भवन निर्माण र तुलसीपुर १८ बेलझुण्डीमा रहेकाे गाैशालालाई सहयोग गर्ने उद्धेश्यका साथ आयाेजना हुने मेलामा मेलामा दर्शकका लागि जलपरी, लन्डन ब्रिज, आर्टिफिसियल टावर, बाल उद्यान तथा बालबालिकालाई लक्षित विभिन्न मनोरञ्जनात्मक सामग्री राहने भएका छन् । साथै मौलिक भेषभूषा झल्किने कृषि तथा व्यावसायिक स्टलहरू मेलाका अर्को आकर्षण हुनेछन् भने मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। सांस्कृतिक कार्यक्रम सहित गायन प्रतियोगिता, नृत्य प्रतियोगिता र टिकटक प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ।
स्थानीय व्यवसाय र संस्कृतिलाई प्राथमिकता दिदै स्थानीय व्यापारी तथा विभिन्न कला, संस्कार र सांस्कृतिक समूहलाई स्टल उपलब्ध गराईएकाे आयाेजकले जानकारी दिएकाे छ । स्थानीय व्यापारीलाई स्टलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेकाे छ ।
मेलाकाे प्रवेश शुल्कमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएकाे छ । जेष्ठ नागरिक, क र ख वर्गका अपांगता भएका व्यक्तीहरू तथा ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। विद्यार्थीका लागि टिकट शुल्क ८० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ। विद्यार्थीका हकमा परिचयपत्र अनिवार्य गरिएको छ। आयोजकका अनुसार दाङ जिल्लाभरका मगर समुदायको सक्रिय सहभागितामा आयोजना हुने यस मेलाले स्थानीय कला, संस्कृति, पर्यटन र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।