Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकविच समन्वय हुनुपर्ने

मंगलबार, पुस २२, २०८२

दाङ,२२ पाैष -  अम्बिका मावि हर्नाेक दाङकाे दाेश्राे त्रैमासिक परीक्षाकाे नतिजा प्रकाशन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे ।

 बिद्यालयका माध्यमिक शिक्षक मधुसुदन भट्टराईकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा आधारभूत तथा मावि तहकाे नतिजा परीक्षा समितिका संयाेजक भुपेन्द्र प्रकाश वली र प्रावि तहकाे नतिजा परीक्षा समितिका सदस्य विमल याेगीले सार्वजनिक गर्नुभएको थयाे । साे अवसरमा दाेश्राे त्रैमासिक परीक्षामा बालविकासदेखि कक्षा १२ सम्म प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियाे । 

साे अवसरमा बाेल्ने बक्ताहरूले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी,अभिभावक तथा शिक्षकविच समन्वयात्मक तरिकाले काम गर्नुपर्ने बताएका छन् । जव सम्म सामुदायिक विद्यालयमा अभिभावककाे चासाे हुदैन तव सम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने उनिहरूले बताएका छन् । कार्यक्रममा घाेराही उप महानगरपालिका वडा नम्बर १ का सदस्य मदन कुमार न्याैपाने,अभिभावक तथा पत्रकार भेग बहादुर थापा,विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि प्रमाेद पन्थि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर विष्टले गर्नुभएको थियाे ।d6c23394-da24-4b8f-9f0a-651b35a5de1f-1767699926.jpg

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
समाचार