Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवामा २१ सय ७० जनालाई बायो, सुधारिएको र विद्युतीय चुलो बितरण कार्यक्रम सुरु

मंगलबार, पुस २२, २०८२

गढवा, २२ पुष - दाङकाे  गढवा गाउँपालिकामा २१ सय ७० जनालाई बायो, सुधारिएको र विद्युतीय चुलो बितरण कार्यक्रम सुरु गरिएको छ ।

गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा गढवा गाउँपालिकाका विभिन्न परिवारलाई माग अनुसारको चुलो र ग्यास वितरण गर्न लागिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो।

गढवा गाउँपालिका आठ वटै वडाबाट संकलित माग अनुसार ९ सय ४७ जना लाई विधुतीय चुलो,१ हजार २ सय ६ जनालाई सुधारिएको चुलो र १७ जना लाई बायो ग्यास( गोबर ग्याँस) बितरण गरिने भएको छ।

विद्युतीय चुलो बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वातावरणमैत्री चुलो घरघरमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरेको बताउनु भयो। नेपालको अर्थतन्त्र लाइ सहयोग पुग्ने गरी स्वदेशी उत्पादनलाई बढावा दिने गरी तिन प्रकारको चुलो/ग्यास वितरण लाई पालिकाले अभियानको रुपमा अघि बढाएको बताउनुभयो। सिलिन्डर ग्याँस भारतबाट खरिद गरी प्रयोग गर्दा नेपालको पुंजी सजिलै बाहिरिने र देशको अर्थतन्त्रमा ठुलो ह्रास आउने हुनाले सिलिन्डर ग्यासको प्रयोगलाई घटाउन विद्युतीय चुलो प्रयोगमा बिशेष जोड दिएको जसको देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने अपेक्षा सहित नेपाल सरकार यो कार्यकम अघि बढाएको अध्यक्ष पोख्रेलले बताउनुभयो। सकेसम्म धेरै भन्दा धेरै घरमा विद्युतीय चुलो पुगोस र नेपालमा उत्पादन ऊर्जाको नेपालमै प्रयोग बढोस भन्ने उद्देश्य राखिएको बताउनुभयो। विद्युतीय चुलोको प्रयोगले धुवाँ धुलो रहित हुने भएकाले यसको प्रयोग सक्दो बढाउने र वितरण गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो।609153809_1643918943640547_3464749981319966045_n-1767717020.jpgपहिलो चरणमा विद्युतीय चुलो ६ सय थान वितरण गर्ने र दोस्रो चरणमा अन्य चुलो ग्यास वितरणका लागि प्रक्रिया अघि बढेको नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सामाजिक परिचालक गिरीराज भण्डारी ले जानकारी दिनु भयो।

प्रविधिगत लगत साझेदारीमा गढवा गाउँपालिकाको कार्यालय, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र उपभोक्ताको साझेदारीमा चुलो ग्यास वितरण गर्न लागिएको हो। जस्मा विद्युतीय चुलोमा हरित जलबायु कोष १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४७.९७ प्रतिशत, गढवा गाउँपालिकाले १९.०९ प्रतिशत र उपभोक्ताले २२.९४ प्रतिशत खर्च ब्यहोर्ने छन भने सुधारीएको चुलोमा हरित जलबायु कोष ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत, गढवा गाउँपालिकाले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत त्यसैगरी बायो ग्यास (गोबर ग्याँस) मा हरित जलबायु कोष २८.३४ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, गढवा गाउँपालिकाले १० प्रतिशत र उपभोक्ताले १३.६६ प्रतिशत खर्च ब्यहोर्ने सामाजिक परिचालक गिरीराज भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणमा यति वडा ८० का दरले वितरण गर्ने र दोस्रो चरणमा बाकी अन्यलाई वितरण गरियो तयारी गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आलेमगरको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो

कार्यक्रममा ६ नम्बर वडा सदस्य दिनमणी आचार्य, जेष्ठ नागरिक कपिलदेव खनाल, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, पत्रकार शिवराज पन्थी, रेडियो साझा आवाजका दुख हरण यादव, उपभोक्ता लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण ६ नम्बर वडा सचिव बिस्नु बिसीले गर्नुभएको थियो।

611273576_1643922130306895_2826257270708612542_n-1767717073.jpg

611666539_1643918326973942_5650058401289112167_n-1767717077.jpg

611188725_1643919663640475_554539422360643318_n-1767717077.jpg

611386693_1643920716973703_1334730569321578640_n-1767717075.jpg

612210859_1643924390306669_109248565151919642_n-1767717073.jpg

611626683_1643917650307343_2298527745914431154_n-1767717079.jpg

611151872_1643916543640787_489012183746707476_n-1767717079.jpg

610580401_1643916220307486_2810692650173909927_n-1767717082.jpg

612063979_1643916303640811_4219730268261612241_n-1767717082.jpg

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
समाचार