Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आफ्नो जन्म दिनका अवसरमा शैक्षिक सामग्री वितरण 

बिहीबार, पुस २४, २०८२

दाङ,२४ पाैष - अम्विका मावि हर्नाेक दाङका शिक्षक विमल याेगीले विपन्न,अनुसाशित तथा जेहेन्दार विद्यार्थीलाई न्यानाे  शैक्षिक सामग्री वितरण गर्नुभएको छ । शैक्षिक सामग्रीको अभावमा विद्यार्थीकाे पढाईमा असर नपुगाेस र विद्यार्थी सिकाइमा उत्प्रेणा  जगाउन अम्बिका माविमा अध्ययरत कक्षा १ देखि १२ सम्मका २४ जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएकाे हाे । 

घाेराही उप महानगरपालिकाकाे विकट विद्यालयकाे रूपमा रहेकाे अम्बिका माविमा अध्ययन गर्ने अधिकांश विद्यार्थी गरिव तथा असहाय रहेका छन् । ति विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावमा पढाइमा असर नपुगाेस भनेर  विपन्न  र जेहेन्दारलाई शैक्षिक सामग्री वितरण गरेकाे शिक्षक याेगीले जानकारी दिनुभयाे । साे विद्यालयमा अध्यापन गराउने हरेक शिक्षकहरूले जन्म दिन पारेर विद्यार्थी सहयाेगका कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
समाचार