दाङकाे घोराहीमा भोलिदेखि माघे मेला सुरु हुने

बिहीबार, पुस २४, २०८२

दाङ,२४ पाैष - दाङको घोराहीमा भोलिदेखि ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ सुरु हुने भएको छ । नेपाल मगर संघ घोराहीले आयोजना गरेको मेलाको उदुघाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिनुभयो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

उहाँका अनुसार भोली बिहान ११ बजे घोराही उपहानगरपालिका–१४ लखनपार्कबाट विभिन्न जातजातिको भेषभुषा,कला सस्कृति झल्कने पहिरनसहित ¥याली निकालिने छ । त्यसपश्चात करिब दिउसो २ बजेको समयमा मेलाको औपचारिक उद्घाटन गरिने छ ।

भोलीदेखि माघ ४ गते सम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आज बेलुका पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक बुढाले जानकारी दिनुभयो ।


पर्यटन प्रवर्धन, कला संस्कृतिको संरक्षणसँगै नेपाल मगर संघको घोराही–१८ ढोडेनीमा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्य सभागृह निर्माणमा सहयोग र बेलझुण्डीमा रहेको गौशालालाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको मेलका संरक्षक तथा नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढाले बताउनुभयो । मगर संघले लगाउन थालेको मेला व्यापरिक महोत्सव नभएको भन्दै उहाँले उद्योगी, व्यवसायीलाई समेत सहयोगका लागि आग्रह गरेका छन् ।

“मगर तथा विभिन्न जातजातिको भेषभूषा संरक्षण, कला संस्कार संस्कृति तथा खाना प्रदर्शन प्रवर्धन” भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा  जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, जलपरी, बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । घोराही उपमहानगरपालिका–१४ गोरखा टोलमा सञ्चालन हुने उक्त मेलामा डान्स आइडल, टिकटक प्रतियोगिता, दोहोरी प्रतियोगिता पनि संचालन हुने छन । साभार खाेजरफ्तार

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्