Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा निःशुल्क कान शल्यक्रिया शिविर

बिहीबार, माघ १, २०८२

दाङ, १ माघ - दाङको बंगलाचुली गाउँपालिकाका स्थानीयका लागि दुईदिने  निःशुल्क कान शल्यक्रिया शिविर सुरु भएको छ । शिविर भाेलि सम्म चल्ने छ । आर्थिक अभावका कारण वर्षौँदेखि कानको समस्या भाेग्दै बसेका नागरिकहरूले आफ्नै गाउँघरमा विशेषज्ञ शल्यक्रिया सेवा पाएपछि हर्षित देखिएका छन्।a

​बंगलाचुली गाउँपालिकाको आयोजना तथा स्यूजा प्राथमिक स्वास्थ्य केन्द्र र १ नं. वडा कार्यालयको सहकार्यमा उक्त दुई दिने शिविर सञ्चालन गरिएको हो। शिविरलाई प्राविधिक रूपमा बि.एन. अस्पताल, नेपालगञ्जले सहयोग गरेको हाे । नेपालगञ्जबाट आएका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोलीले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी बिरामीहरूको सफल शल्यक्रिया गरिरहनु भएको छ ।615472346_1583298926195102_3635035007395044364_n-1768487593.jpg

 शिविरमा  कानको जाली प्वाल परेका, कान पाक्ने समस्या भएका र श्रवण शक्ति कमजोर भएका बिरामीहरूको उपचार गरिएको छ। स्यूजा प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित उक्त शिविरमा बंगलाचुलीका विभिन्न वडाका  बिरामीहरू सेवा लिन आएका थिए। यसैबीच शिविरकाे आज एक कार्यक्रमका विच उद्घाटन गरिएकाे छ । बंगलाचुली गाउँपालिका वडा नम्बर एकका अध्यक्ष विष्णु कवरको अध्यक्षता गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरकाे प्रमुख अतिथ्यता ,उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको छ।615329058_1583297806195214_7302397330341551136_n-1768487666.jpg​कार्यक्रममा बाेल्द‌ गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले घर दैलोमै विशेषज्ञ सेवा पुर्‍याउने पालिकाकाे उद्देश्य सफल भएको बताउनु भएको भयाे।गरिएको हो। शिविरलाई प्राविधिक रूपमा बि.एन. अस्पताल, नेपालगञ्जले सहयोग गरेको हाे । नेपालगञ्जबाट आएका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोलीले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी बिरामीहरूको सफल शल्यक्रिया गरिरहनु भएको छ । 615441797_1583297742861887_86443437698504345_n-1768487770.jpgशिविरमा  कानको जाली प्वाल परेका, कान पाक्ने समस्या भएका र श्रवण शक्ति कमजोर भएका बिरामीहरूको उपचार गरिएको छ। स्यूजा प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित उक्त शिविरमा बंगलाचुलीका विभिन्न वडाका  बिरामीहरू सेवा लिन आएका थिए। यसैबीच शिविरकाे आज एक कार्यक्रमका विच उद्घाटन गरिएकाे छ । बंगलाचुली गाउँपालिका वडा नम्बर एकका अध्यक्ष विष्णु कवरको अध्यक्षता गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरकाे प्रमुख अतिथ्यता ,उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको छ।

​कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले जनताको घर दैलोमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पुर्‍याउने पालिकाकाे उद्देश्य सफल भएको बताउनु भएको भयाे। उहाले पालिकाले भौतिक मात्रै नभएर  मानवीय विकासका लागि पनि निरन्तर लागि लागि परेकाे बताउनुभयो। आफुहरुले जनताको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिएको बताउनु भयाे । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिकाले जनताको सेवाका निमित्त निरन्तर विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । उहाँले पालिकाले पहिलो खानेपानी र दोस्रो जनताको स्वास्थ्यलाई मध्यनजर गरी त्यस्ता खालका योजना तथा कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । 

कार्यक्रममा नाककान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल शाही, बिएन नेपालगञ्ज अस्पताल बाँकेका प्रबन्ध निर्देशक रामबहादुर बोहरा ,बंगलाचुली गाउँपालिका स्वास्थ्यका प्रमुख नेव बहादुर केसी ,पालिकाका सामाजिक विकास समितिका संयोजक गणेश विश्वकर्मा, प्राथमिक स्वास्थ्य केन्द्र स्युजाका प्रमुख विकास घिमिरे , नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर १ का सभापति विनाेद गाैतम लगाएतले बाेल्नु भएकाे थियो । शिविर भाेलि सम्पन्न हुने छ ।615329058_1583297806195214_7302397330341551136_n-1768487666.jpg

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्