Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बिहीबार, माघ १, २०८२

दाङ,०१ माघ - दाङकाे  देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नगरपालिका -५ कोलहीका २२ वर्षीय विशाल चौधरीको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतक मोटरसाइकल चालक हुन् ।

आज बेलुकी लमही बाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बस र रिहारदेखि लमही तर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

बसमा सवार रहेका राप्ती गाउँपालिका-४ का मिना ठकुरी, शिला परियार, मोटरसाइकलमा विशालसँगै सवार लमही नगरपालिका-५ कोलहीका अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साभार नेपाल प्रेस

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्