Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

जेनजी पुस्तालाई सहकारीमा आवद्धता गराउन याेजना बनाउनुपर्ने

शनिबार, माघ ३, २०८२

दाङ,३ माघ - सहकारी संस्थामा जेन जि(Gen-Z ) पुस्ताकाे माग र उनिहरूलाई कसरी सहकारीमा आवद्ध गराउन सकिन्छ भन्ने विषयमा धारपानीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दाङकाे घाेराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजनामा शनिवार भएको अन्तरक्रिया कार्यक्रममा बाेल्ने वत्ताहरूले सहकारीमा युवा पुस्ताकाे सहभागिता वृद्धि गर्न सृजनशील याेजना बनाउनुपर्ने कुरामा जाेड दिएका छन् ।

 कलश युवाहरूकाे नेतृत्वमा सञ्चालन भएको संस्था भएकाे भन्दै बक्ताहरूले पारदर्शिता,सुशासन,प्रविधिमैत्री,सरलकर्जा र  बचतमा आकर्षक व्याज दिएर कलशले युवाकाे मन जित्दै गएकाे बताएका छन् । कलशले जेन जि पुस्तालाई ध्यानमा राखेर विगतदेखि नै शैक्षिक प्रमाणपत्र धिताे राखेर सरल कर्जा,युवा स्वराेजगार कार्यक्रम मार्फत युवालाई स्वराेजगार बनाउने खालका याेजनामा लगानि गर्दै आईरहेकाे भन्दै जेन जि पुस्तालाई सहकारीमा थप सहभागीता वृद्धि गराउने सवालमा ध्यान दिनुपर्ने कुरामा जाेड दिएका छन् । संस्थाका अध्यक्ष माधव खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गाैतमले जेन जि पुस्ताले देशका हरेक क्षेत्रमा सुशासन र भ्रष्टाचारमुक्त अवस्थाकाे खाेजि गरेकाे भन्दै सहकारी संस्थाहरूले पनि परिवर्तित समय अनुसार गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयाे ।

 कलशले गरिरहेकाे गतिविधिबाट जिल्लाका अन्य सहकारीले सिक्ने धेरै राम्रा पक्ष रहेकाे भन्दै उहाले कलशले जिल्लामै पहिलाे पटक जेनजि पुस्ताकाे सवाल सहकारीमा समेट्न खाेजेकाेमा धन्यवाद दिनुभयाे । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले जेन्जि पुस्ताले खाेजेजस्तै संस्थागत सुशासन,वित्तिय,सुशासन र आत्मनिर्भरताकाे आवश्यकतामा आधारीत कार्यक्रमहरुकाे तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयाे ।

जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीले  देशकाे बिषम परिस्थितिका कारण सहकारी अप्ठेरी अवस्थामा रहेकाे भन्दै ऋण लगानी नभएर तरलता बढेकाले  सहकारीमा थुप्रिएकाे रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयाे । सहकारीमा सुशासन र युवा केन्द्रित कार्यक्रम ल्याउन सकेमा जेन जि पुस्ताकाे भावना समेट्न सकिने उहाँकाे भनाइ थियाे । यस्तै राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि  मिलन दंगालले कलशले जेन जि पुस्ता मात्र नभएर समग्र वर्गलाई प्रेणा दिने खालका याेजना अनुशार काम गरिरहेकाे भन्दै सहकारीमा पुस्तान्तरणका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताउनुभयाे । संस्थाका उपाध्यक्ष चन्द्रावति भण्डारीकाे स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रममा  संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मा,सहकारी वजार व्यवस्थापन उपसमितिका सदस्य विष्णु पाैडेल लगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन सञ्चालन संस्थाका सचिव विमल याेगीले गर्नुभएको थियाे ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्