मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो: अध्यक्ष विष्ट

बुधबार, माघ ७, २०८२

दाङ, ७ माघ - राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहने बताउनुभएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बुधबार जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त दाङ जिल्ला ऐतिहासिक घोषणा” कार्यक्रममा बोल्दै उहाँले समाजको विकासका लागि सडक,भवन वा अन्य भौतिक संरचना मात्र पर्याप्त नभएको उल्लेख गर्नुभयो। जनमानस र चेतनाको विकास पनि आवश्यक रहेको उहाँको भनाइ थियो।
अध्यक्ष विष्टले बेसहारा व्यक्तिहरूको सहारा स्थानीय सरकार बन्नुपर्ने र सबै तहका सरकार तथा समुदायलाई सहयोगापेक्षी वर्गको जीवनस्तर सुधार र मानवीय विकासमा जोड दिन आग्रह गर्नुभयो।

कार्यक्रम दाङका १० वटै पालिका र जिल्लामा क्रियाशील निलसागर सेवा आश्रम, मानव सेवा आश्रम तथा मानव कल्याण समाज सेवा घरको सहकार्यमा आयोजना गरिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्