रास्वपा तुलसीपुर–२ को नेतृत्व चयन, शोभाराम योगी सभापतिमा निर्वाचित

बुधबार, माघ ७, २०८२

दाङ, ७ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को आज (२०८२–१०–०७) सम्पन्न भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ। भेलाले सभापतिमा शोभाराम योगीलाई निर्वाचित गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

यस्तै, उपसभापतिमा डिल्लीबहादुर चौधरी, सचिवमा कालिप्रसाद चौधरी चयन भएका छन्। सदस्यहरूमा धनराज योगी, कविता परियार, हेमलाल डाँगी, राजेश चौधरी, महेन्द्र गिरी र मोती बुढाथोकी निर्वाचित भएका छन्।

नव-निर्वाचित नेतृत्वले संगठन विस्तार, स्थानीय मुद्दा पहिचान तथा पार्टीको नीति–कार्यक्रमलाई वडा तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्