राप्ती–८ बिजौरीमा जेष्ठ नागरिक भवनको शिलान्यास

आइतबार, माघ ११, २०८२

सिसहनियाँ,११ माघ -  दाङको राप्ती गाउँपालिका–८ बिजौरीमा जेष्ठ नागरिक भवनको आइतबार शिलान्यास गरिएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभएको हो। जेष्ठ नागरिकका लागि सम्मान, सेवा र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गर्न लागिएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

अध्यक्ष विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारको करिब १२ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको जनाइएको छ।
भवन निर्माणको जिम्मा देउखुरी कन्स्ट्रक्शन काठमाडौंले पाएको छ। निर्माण सम्पन्न भएपछि जेष्ठ नागरिकहरूको भेला, छलफल तथा विभिन्न सामाजिक गतिविधिका लागि भवन उपयोगी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।WhatsApp-Image-2026-01-25-at-15.16.00-1769355223.jpeg

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
समाचार