गढवा गाउँपालिकामा नयाँ बरिष्ठ लेखा अधिकृत वलीको स्वागत

बिहीबार, माघ १५, २०८२

गढवा, १५ माघ - दाङ देउखुरीको गढवा गाउँपालिकामा सरुवा भई आउनु भएका बरिष्ठ लेखा अधिकृत खिमलाल वलीलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

तुल्सीपुर उपमहानगरपालिका, दाङबाट सरुवा भई गढवा गाउँपालिकामा कार्यभार सम्हाल्न आउनु भएका बरिष्ठ लेखा अधिकृत वलीको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नव–आगन्तुक बरिष्ठ लेखा अधिकृत वलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गढवा गाउँपालिकाको आर्थिक प्रशासनलाई थप सुदृढ र पारदर्शी बनाउने अपेक्षा व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्