Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आठौँ घोराही मेयर कप फुटबलको उपाधि वडा नं. १३ लाई

शनिबार, माघ १७, २०८२

घोराही ,१६ माघ - आठौँ घोराही मेयर कप फुटबल प्रतियोगिता–२०८२ को उपाधी घोराही–१३ ले जितेको छ । माघ ४ गतेदेखि घोराही–१८ नवलपुर खेल मैदानमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा वडा न ३ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ ले चौथो पटक उपाधी जित्न सफल भएको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिमा उत्रिएको वडा नं. १३ ले पहिलो हाफमै निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

वडा न १३ को जितका लागि खेलाडी कमल बिकले गोल गरेका थिए । नकआउट चरणमा खेलाइएको प्रतियोगिताको विजेता वडाको टिमले नगद एक लाखसहित शिल्ड, मेडम, प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तैगरी, उपविजेतामा चित्त बुझाएको ३ नम्बर वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । हरेक वर्ष आयोजना हुने मेयर कप प्रतियोगितामा यसपटकपनि पालिका भरका १९ वटा वडाको सहभागिता रहेको थियो ।
शुक्रवार घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो । साभार खाेजरफतार

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
समाचार