Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

छैठौं राष्ट्रपति रनिङ सिल्डको उपाधी सुधा मावि झेलनेटालाई

शनिबार, माघ १७, २०८२

कमिरेचौर,१७ माघ - दाङको बंगलाचुली गाउँपालिकामा सञ्चालित पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ सिल्डको उपाधी सुधा माध्यामिक विद्यालय झेल्नेटाले हात पारेको छ ।

बंगलाचुली गाउँपालिकाको आयोजना तथा खड्ग मन्दिर माध्यामिक विद्यालयको व्यवस्थापनमा १४ गते देखि सुरु भएको रनिङ सिल्डमा ११ स्वर्ण, ७ रजत र २ कास्य सहित २० पदक जित्दै झेल्नेटाले सिल्ड जित्न सफल भएको हो । ५ स्वर्ण, १० रजत र ४ कास्य सहित १९ पदक हात पार्दै सरस्वति मावि जवरकोटले दोस्रो स्थान हासिल गरेको छ ।

५ स्वर्ण, ४ रजत र ६ कास्य सहित १५ पदक हात पार्दै माध्यामिक विद्यालय भेडाबारी मुलाबारी तृतिय हुन सफल भएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय खड्क मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक शिसिर कुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै ५ स्वर्ण, ३ रजत र ८ कास्य गरी १६ पदक सहित महेन्द्र माध्यामिक विद्यालय स्युजा चौथो स्थानमा रहेको हो । २ स्वर्ण, २ रजत र ९ कास्य गरी १३ पदक सहित खड्क मन्दिर माध्यामिक विद्यालय पाँचौ स्थानमा आएको हो । भने २ स्वर्ण, ४ रजत र ५ कास्य गरी ११ पदक सहित महेन्द्र माध्यामिक विद्यालय श्रीवारी छैठौ स्थानमा आएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।

रनिङ सिल्डमा बंगलाचुली गाउँपालिका भरका ६ वटा माध्यामिक विद्यालयको सहभागीता रहेको थियो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा आज समापन समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

समापन समारोह कार्यक्रमको सहजिकरण खड्ग मन्दिर माध्यामिक विद्यालयका शिक्षिका अनुश्री धामीले गर्नुभएको थियो ।यस्तै आर्को बर्ष माध्यामिक विद्यालय भेडाबारी मुलाबारीको व्यवस्थापनमा रनिङ सिल्ड आयोजना हुने भएको छ । साभार सिस्ने अनलाइन

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
समाचार