दंगीशरण–६ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन

शनिबार, माघ १७, २०८२

दाङ, १७ माघ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दंगीशरण गाउँपालिका–६ मा वडा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। हिरा चौधरीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

वडा कमिटी अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सम्पन्न बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।625151935_1627265615297687_5713689660964486147_n-1769856961.jpg

बैठककै क्रममा १३ जना नयाँ युवाहरुले प्रमुख अतिथि तथा नेकपाका दाङ–३ का उम्मेदवार धनबहादुर मास्कीसँग टीका लगाई पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उम्मेदवार मास्केले युवाको सक्रिय सहभागिताले पार्टी थप सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयाे।625628526_1627265438631038_1491080944097607794_n-1769856945.jpg

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्