सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२७ माघ - दाङकाे धारपानीमा आगामी फागुनमा लाग्ने महाशिवरात्री मेलामा लागुपदार्थ तथा मदिरा सेवन तथा बेचिबखन निषेध गरिएको छ । मन्दिर व्यवस्थापन समितिकाे बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ वेचिवखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे ।
आगामी फागुन २ गतेदेखि ४ गते सम्म मन्दिरकाे पुर्व तर्फ रङघरा, उत्तरमा बवई नदि, दक्षिणमा पाण्डवेश्वर धार्मिक बन र पश्चिममा घाेराही धारपानी पर्यटन मार्गकाे कालाेपत्रे भाग सम्म कसैले पनि मदिरा र लागुपदार्थ वेच्न र खान पाउने छैनन् । समितिले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन समितिका अध्यक्ष गणेश कुमार अधिमारीकाे संयाेजकत्वमा मूल व्यवस्थापन समिति र बिभिन्न १४ वटा उपमसितिमा आवद्ध रहने गरी तीन सय ५१ जना सदस्य परिचालन गरिनेछ । मेलामा भक्तजनकाे सहज पहुँचका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम सकिएकाे छ । यस्तै मेलामा जाने भक्तजनका लागि गाडी भाडादर समेत निर्धारण गरिएको छ ।
मेलामा गाडीले अस्तव्यस्तता नहाेस भनि सशुल्क पार्किङकाे व्यवस्था गरिएको छ । जस अनुसार ठुला वस र ट्रककाे प्रति पटक ८० रूपैया,मिनि वस र साना ट्रककाे ५०रूपैया,कार तथा जिपकाे रू ३०, ठुला टेक्टर र अटाेकाे रू ५० , पावर टेलरकाे ४० र माेटरसाइकिलकाे १० रूपैया पार्किङकाे व्यवस्था गरिएको समितिका सचिव तथा प्रचार प्रसार उपसमितिका संयाेजक विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।
यस बर्षकाे शियवरात्री पर्व फागुन ३ गतेका दिन नेपाली सेना,प्रहरी तथा भक्तवनकाे उपस्थितिमा विहान ९ बजेर ३७ मिनेटदेखि साडे १० बजे सम्म दाङका प्रमुख जिल्ला अधिकारीद्वारा शिवपुजन तथा त्रिशुल सलामीकाे कार्यक्रम तय गरिएको छ ।