सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, २९ माघ - दाङको राप्ती गाउँपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा ज्वालादल गण, घोराहीको प्राविधिक सहयोगमा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईका अनुसार स्थानीय बासिन्दालाई सम्भावित विपद् जोखिमबारे जानकारी दिई पूर्वतयारी र प्रतिकार्य क्षमतामा वृद्धि गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको हो।
तालिममा ज्वालादल गण, घोराहीका सेनानी राजकुमार गिरीको नेतृत्वमा तालिमप्राप्त नेपाली सेना प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। सहभागीहरूलाई विपद्को परिचय, उद्धार कार्य, विपद् समयमा गरिने प्राथमिक उपचार, बाढी–पहिरो, आगलागी, डढेलो नियन्त्रण तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपका विषयमा व्यवहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो।
विपद् जुनसुकै बेला पनि हुन सक्ने भएकाले पूर्वतयारी र समयमै प्रतिकार्यबाट क्षति न्यूनीकरण गर्न सकिने प्रशिक्षकहरूले बताएका थिए। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके समुदायस्तरमै विपद् न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।