Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

धारपानी मेलामा थामि नसक्नुकाे भिड

सोमबार, फागुन ४, २०८२

दाङ,३फागुन - दाङकाे धारपानीमा आज आइतवार  महाशिवरात्री मेला लागेकाे छ । आज विहान‌ैदेखि मन्दिर दर्शन तथा पुजाआजा गर्ने भक्तजनहरूकाे निकै ठुलाे घुइचाे लागेकाे थियाे ।  मेलालाई व्यवस्थित बनाउन गठन गरिएका विभिन्न १६ वटा उपसमिति,  सुरक्षाकर्मी बाहेक तीन सय ५१ जना स्वंयसेवक परिचालन गर्दा मेला शभ्य,शान्त र व्यवस्थित भएकाे समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

 मेलामा विहान ९ बजेर ३७ मिनेटदेखि साडे १० बजे सम्मकाे साईत पारेर शिवपुजन तथा त्रिशुल सलामी दिईएकाे थियाे । समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा भएको शिवपुजन कार्यक्रमकाे उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकार अर्यालले गर्नुभएको थियाे । 

मेलामा बिभिन्न भवनकृतन,नाचगान तथा नाैमति पञ्चेवाजा समुह घाेराही १३ ले नाैमती पञ्जेवाजा,नेपाल ज्याेतिष परिषद,धामी झाक्री समुहले तान्त्रिक झाकी प्रस्तुत गरेकाे थियाे । साे अवसरमा घाेराही उप महानगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजना,स्वास्थ्य कार्यालय दाङ र गाेरखा हस्पिटल लगायत बिभिन्न संघसंस्थाहरूकाे समन्वय तथा सहकार्यमा नसर्ने राेगकाे स्क्रिनिङ शिविर सञ्चालन भएको थियाे । 

शिविरमा प्राथमिक उपचार,मनाेसामाजिक परामर्श,उच्च रक्तचाप,मधुमेह सुगर,मृगौला,उचाङअनुपातमा ताैल लगायतकाे परिक्षण,परामर्श तथा प्रेसन गरिएकाे शाखा प्रमुख राधा पाैडेलले जानकारी दिनुभयाे । मेलामा भूतपूर्व सैनिक संघले निशुल्क शुद्ध पानी खुवाएकाे थियाे । मेलामा दाङ र आसपासका जिल्लाबाट हजाराै भक्तजनकाे उपस्थिति रहेकाे थियाे ।


 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्