सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,६ फागुन – दाङकाे देउखुरीमा लमही अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. सुदीप चौधरीलाई प्रदान गरिएको छ । लमही नगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीका अनुसार लामो समय रिक्त रहेको अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले डा. चौधरीलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको हो ।
नगर प्रमुख चौधरीले अस्पताल व्यवस्थापन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन डा. चौधरीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
नव नियुक्त निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. चौधरीले अस्पतालको सेवा सुधार, जनशक्ति व्यवस्थापन र आवश्यक संरचनागत सुधारमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।