दाङकाे तुलसीपुरमा  एमालेको झण्डा जलाएको आरोपमा दुई जना पक्राउ

शनिबार, फागुन ९, २०८२

दाङ,९ फागुन - जिल्ला प्रहरी कार्यालय दाङ ले तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार २०८२ साल फागुन ७ गते राति करिब ९:३० बजे तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको थियो। सो घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा तुलसीपुर–४, हलवाराका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्।

यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेत पक्राउ परिसकेका छन्। हालसम्म तीन जना पक्राउ परेका छन् भने घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।639650895_4391422161142869_9143517002976674257_n-1771675913.jpgAREAST-DANG-1771677111.png
 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
समाचार