सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर १२ फागुन - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ अन्तर्गत जौलेबाद–ओखलढुंगी–अर्जा–वाक्सीपाखा–सुकाखोला–सिमलतारा जोड्ने करिब ९ किलोमिटरभन्दा बढी लामो ग्रामीण सडक निर्माण कार्य सम्पन्न भएको छ। यस सडकको ओखलढुङ्गीमा रहेको अत्यन्तै कडा चट्टानी पहर काट्दै सडकको निर्माण कार्य सम्पन्न गरिएको छ।
योजना अनुगमन समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष एवं भक्त बहादुर जिसीका अनुसार सडक खण्ड अन्तर्गत पर्ने ओखलढुंगी क्षेत्रमा रहेको निकै कडा तथा अप्ठेरो चट्टानी पहर काट्नु निर्माणको सबैभन्दा चुनौतीपूर्ण रहेको थियो। “प्राविधिक रूपमा जटिल र जोखिमपूर्ण काम भए पनि जनप्रतिनिधि, प्राविधिक टोली र स्थानीयको सहकार्यले सडक निर्माण सम्भव भएको उपाध्यक्ष जिसीले बताउनुभयो।
यस सडक निर्माणमा सडक पूर्वाधार कार्यालय, प्रदेश समपुरक कोष र गाउँपालिकाको साझेदारीमा करिब २ करोड ६३ लाख रुपैयाँ लगानी गरिएको बंगलाचुली गाउँपालिकाका प्राविधिक शक्ति सिंह जिसीले बताउनुभयो । बजेट व्यवस्थापनदेखि निर्माण अनुगमनसम्म समन्वयात्मक ढंगले काम गरिएको उहाँको भनाइ छ।यस सडक निर्माणसँगै बंगलाचुलीका सयौँ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले उक्त सडकलाई दीर्घकालीन रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।
उहाँले सडक निर्माण सम्पन्न भएसँगै बंगलाचुली - घोराहीको यात्रा सहज, छरितो हुने बन्ने बताउनुभयो। उहाँका अनुसार अबको केही समयभित्र हल्का सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। अध्यक्ष पुनले भविष्यमा ग्राभेल ,स्तर सुधार, नाला व्यवस्थापन र आवश्यक संरचना निर्माण गर्दै यसलाई दिगो र भरपर्दो मार्गका रूपमा स्थापित गरिने बताउनुभयो।
यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगर , उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,विरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य,प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगी, प्राविधिक शाखा प्रमुख विष्णु पुन, स्थानिय लगाएतको सहभागितामा उक्त सडकको अवलोकन गरिएको छ । गाउँपालिकाको जनप्रतिनिधि,कर्मचारीसहितको टोलीले उक्त सकडकमा गाडी संचालन गरी सडको अनुगमन गरेको थियो ।