Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

शनिबार, फागुन १६, २०८२

काठमाडौं,१६ फागुन - हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। 

देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहान हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। 

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागकासमेत एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका  हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र  गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्