सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१७ फागुन – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङ निर्वाचन क्षेत्र नम्बर-२ ले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन घोराहीमा बृहत् जनप्रदर्शन गर्ने भएको छ। निर्वाचन नजिकिँदै जाँदा आफ्नो पक्षमा जनलहर देखाउने उद्देश्यसहित पार्टीले शक्ति प्रदर्शन गर्न लागेको हो।
निर्धारित कार्यक्रमअनुसार भोलि (सोमवार) बिहान ११ः३० बजे तुलसीपुरचोक (भानुचोक) बाट र्याली सुरु हुनेछ। र्याली न्युरोड हुँदै बैंकरोड, गौतम नगर, अस्पताल लाइन, बिपि चोक पार गर्दै शहिदगेट पुगेर कोणसभामा परिणत भई समापन गरिने निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोणसभालाई (तारा चिन्ह वाहक) दाङ–२ का प्रत्यक्षतर्फका उम्मेदवार निर्मल आचार्य, समानुपातिक उम्मेदवार ससमति चौधरी र भिम कुमारी बुढा मगरसहितका नेताहरूले पनि सम्बोधन गर्ने जनाइएको छ।
वक्ताहरूले पार्टीको राजनीतिक एजेण्डा, विकास निर्माणका प्रतिबद्धता तथा समसामयिक विषयमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्। प्रदर्शनमा आदिवासी जनजातिका भेषभूषासहित हजारौँ नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
विभिन्न टोल–बस्तीबाट जुलुससहित सहभागी हुने तयारी गरिएको र कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको निर्वाचन परिचालन समितिले बताएको छ ।
प्रचारप्रसारको अन्तिम दिन आयोजना गरिएको उक्त बृहत् जनप्रदर्शनमार्फत नेकपाले मतदातासमक्ष आफ्ना एजेण्डा सशक्त रूपमा प्रस्तुत गर्दै निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।
हेमराज