Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन मा रोल्पा रुन्टिगढी गाउँपालिका को अङ्क वृद्धि

बिहीबार, फागुन २८, २०८२

‎राेल्पा ,२८ फागुन - स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन मा रोल्पा रुन्टिगढी गाउँपालिकाको अङ्क वृद्धि भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्याङ्कन बापत प्रदेश र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धमा विवरण प्रकाशन गरेको छ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

आयोगले १७ वटा सूचकहरूलाई अध्ययन गरेर विवरण प्रकाशन गर्ने गर्दछ। यिनै १७ सूचकका आधारमा रुन्टिगढी गाउँपालिकाले ६८ दशमल १ ० अङ्क प्राप्त गरेको छ। आयोगले योभन्दा पहिले माघ २९ गते कार्यसम्पादन मूल्याङ्कनको विवरण सार्वजनिक गरेको थियो। उक्त विवरण माथि पुनरावलोकनका लागि निवेदन परेपछि यही फागुन २७ गते अन्तिम विवरण प्रकाशन गरेको हो। ‎

अन्तिम विवरण अनुसार रोल्पाका १० स्थानीय तह मध्ये सबैभन्दा बढी सुनिल स्मृति गाउँपालिकाले ७२ दशमलव ५६ अङ्क लिएर पहिलो भएको छ। त्यस्तै ७२ दशमलव ०३ अङ्क सहित गंगादेव गाउँपालिका दोस्रो , ७१ दशमलव ७६ अङ्क सहित रोल्पा नगरपालिका तेस्रो, ६८ दशमलव ८६ अङ्क सहित परिवर्तन गाउँपालिका चौथो र ६८ दशमलव १० अङ्क सहित पाँचौं स्थानमा रुन्टिगढी गाउँपालिका रहेको छ। त्यस्तै अन्य गाउँपालिकाको अङ्क   सुनछहरी गाउँपालिका ६७ दशमलव ८३ लुङग्री गाउँपालिका ६६ दशमलव २२ माढी गाउँपालिका ६३ दशमलव २३ त्रिवेणी गाउँपालिका ६१ दशमलव ९० र थबाङ गाउँपालिकाको ४९ दशमलव २३ अङ्क रहेको छ। ‎

‎त्यस्तै आयोगले प्रदेशतर्फ ११ वटा सूचक राखी प्रदेश कार्य सम्पादन मूल्याङ्कन विवरण प्रकाशन गर्ने गर्दछ। सोही अनुरुप लुम्बिनी प्रदेशको ३४ दशमलव ७१ अङ्क प्राप्त भएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्