सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दंगीशरण, फाल्गुन २८ - World Diabetes Foundation को सहयोग, Helen Keller International र ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको साझेदारी तथा दंगीशरण गाउँपालिकाको सहजिकरणमा पालिका स्तरीय परिचयात्मक गोष्ठी दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा गर्भाबस्थामा हुने मधुमेहको रोकथाम र निदान तथा स्वास्थ्य सुधारका लागि स्थानीय तहमा सञ्चालन गरिने गतिविधिहरूबारे जानकारी गराइएको थियो। गोष्ठीमा गर्भावस्थाको समयमा गर्भबती महिलामा हुने मधुमेहको स्कृनिङ गरी मधुमेहको रोकथाम तथा तथा निदान गर्न समुदयमा सचेतना फैलाउने लगायतका कुराहरुमा जानकारी गराइएकोथियो । कार्यक्रममा गाउँपालिका प्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।
यस परियोजनामार्फत समुदायमा गर्भावस्थाको मधुमेह (HIP )रोकथाम तथा ब्यबस्थापनका लागि प्राथामिक स्वास्थ्य प्रणालीमा सुधार ल्याउने विस्वास गरीएकोछ ।