Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

प्रदेश स्तरिय महाेत्सव : बालमैत्री, बाल मनमेविज्ञान र बालअधिकार सम्बन्धी छलफल

सोमबार, चैत २, २०८२

घाेराही, २ चैत - घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा दैनिक विशेष कार्यक्रमहरू सुरू भएका छन् । महाेत्सवमा साेमवार बालबालिकासँग सम्बन्धीत अन्तरक्रिया भएकाे छ । 

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म  'घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार' भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा साेमवार बालमैत्री, बाल मनमनाेविज्ञान र बालअधिकार सम्बन्धी प्यानलमा छलफल भएकाे छ ।

7d637b21-2dec-402f-96cf-3cea6b310314-1773668677.jpg
प्यानल डिस्कसनमा बालमैत्री विज्ञ दुर्गालाल केसी, नेपाल बाल संगठनका केन्द्रिय सदस्य विनोद केसी, मनोविमर्सकर्ता सुशिला आचार्य हुनुहुन्थ्यो । 

कार्यक्रममा बालमैत्री बिज्ञ केसीले जिल्लाका सवै पालिका अहिले पनि बालमैत्री हुन नसकेको बताउनुभयो । बालमैत्री घोषणा भएको घोराहीमा अनुगमनको काम भइरहेको छ । यो काममा परिवार, समाज सवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । १८ बर्ष मुनीका बालवालिकाहरु अभिभावकसंगै हुर्किनुपर्छ । 

यस्तै बाल संगठनका केन्द्रिय सदस्य केसीले बालमैत्री घोषणा गरेर मात्रै कर्तव्य पुरा नहुने धारणा राख्नुभयो । बालमैत्री घोषणा गर्ने तर अनुगमन नगर्ने चलन रहेको छ । सवैले पहशुस गर्न पाउनुपर्छ । स्थानीय सरकारका रुपमा रहेको सरकारले यो कुरामा बढी ध्यान दिनुपर्छ । बालवालिकाका लागि लगानी बढाउनुपर्छ । 

मनोसामाजिक विमर्शकर्ता आचार्यले बालवालिकामा मनोसामाजिक समस्या बढ्दै गएको बताउनुभयो । उहाँले बालवालिकामा देखिएको समस्या सवैभन्दा बढी अभिभावकले सुन्नुपर्ने बताउनुभयो । उहाँले बालवालिकाको कुरा सुन्ने र बुझ्ने व्यवहार चाहिने धारणा राख्नुभयो । बच्चालाई पैसा दिएर चुप लगाउने होइन कुरा सुन्नुपर्दछ । 

उक्त अवसरमा नगर बाल सञ्जालकी अध्यक्ष भुषालले बालवालिकालाई सुरक्षित बनाउनका लागि परिवारले भूमिका खेल्नुपर्ने बताउनुभयो । सवैभन्दा नजिकको साथी आमा वा बाबु हुने भएकाले आफ्नो समस्या सुनाउनुपर्ने उहाँको धारणा थियो । 

यस्तै नगर सञ्जालका सचिव लक्ष्मण भण्डारीले ग्रामिण क्षेत्रमा रहेका बालवालिकाहरु अधिकारबाट बञ्चित भएकाले त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्र्ने बताउनुभयो । उहाँले घोराही जस्तै अन्य पालिकालाई पनि बालमैत्री घोषणा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमकाे सहजिकरण पत्रकार अमर क्षितिज भण्डारीले गर्नु भएको थियोे ।

महाेत्सवमा मंगलबार 'स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर' विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको मुल संयोजक तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयो । 

महाेत्सवमा साेमवार पनि चर्तीत कलाकारहरूकाे प्रस्तुति रहेकाे छ । साेमवार गायक प्रताप दास, ऋतु शाही लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । प्रताप दासले फाेटाे फिरिममा कहिले मिलन कहिले बिछाेड मायापिरिममा, फुल हाेईन काडा काडै बाटाे हिडाैला, तिमी र म जाउ माया कही टाढा लगायतका गीतहरू प्रस्तुति राख्नुभएकाे थियाे ।  साेमवार गायिका ऋतु शाहीले पनि प्रस्तुति राख्नुभएकाे थियाे ।

महाेत्सवमा मंगलवार गायक सुमन बि.टी, अञ्जु कुश्मी, गायक आर.जे.रास्काेती, गायिका विष्णु सुनार लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ ।65768f2f-24ff-40f9-976d-e9bba9306417-1773668700.jpg

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
समाचार