Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

यस्तो छ आजको मौसम पूर्वानुमान

बुधबार, चैत ४, २०८२

काठमाडौँ,४ चैत - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।   गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने  बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
समाचार