Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घाेराही महाेत्सवमा आज ज्याेति मगरकाे प्रस्तुति

बुधबार, चैत ४, २०८२

घाेराही, ४ चैत - घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा आज गायिका ज्याेति मगरकाे प्रस्तुती रहने भएकाे छ । र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म  'घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार' भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा आज बुधवार गायिका ज्याेति मगरकाे प्रस्तुती रहने आयाेजक मूल समितले जानकारी दिएकाे छ ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

नेपाली लाेकदाेहाेरी क्षेत्रमा आफूलाई सथापीत गर्न सफल गायिका मगरका गीतहरू हिट रहेका छन् । स्टेजमा ईनरजेटिक प्रस्तुति दिने गायिका मगरकाे प्रस्तुतिमा रमाउनका लागि महाेत्सवमा उपस्थित हुन आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे । 

महाेतसवमा दैनिक विशेष कार्यक्रम अन्तरगत व्यवसायिक क्षेत्रमा सुचना प्रविधीकाे प्रयाेग, समस्या र सुरक्षा विषयक प्यानल डिस्कसन हुने पनि उहाँले जानकारी दिनुभयाे ।
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
समाचार