सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घाेराही, ६ चैत - घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा शुक्रवार गायक राजु परियारकाे प्रस्तुति रहने भएकाे छ । महाेत्सवकाे नवाै दिन शुक्रवार लाेकदाेहाेरी क्षेत्रका लाेक स्वर सम्राट राजु परियारकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म 'घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार' भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा शुक्रवार गायक राजु परियारसँगै गायिका रेश्मा पुन, दाेहाेरी गायिका सुशीला थापा, गायिका ममता थापा, शान्तराम सेञ्चुरी, बिनाेद परियार लगायतकाे प्रस्तुति रहने आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे ।
महाेत्सवमा विहीवार कलाकारहरू हास्य कलाकार पुरूषाेत्तम (पुर्खे बा), गायक रवि.के.रिमाल, गायिका निर्मला भण्डारी, गायक प्रेम शर्मा लगायतकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सवका विशेष कार्यक्रमहरू सञ्चालन भईरहेका छन् । महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएकाे छ । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ । महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।
जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जसमा शुक्रवार महिला उद्यमशीलता विशेष कार्यक्रम सञ्चालन हुने छ ।
महाेत्सवमा स्थानीय उद्याेगीहरूलाई निशुल्क स्टल महाेत्सवमा स्थानीय साना तथा घरेलु उद्याेगहरूलाई निशुल्क स्टलकाे व्यवश्था गरिएकाे छ । स्थानीय उद्याेग र उद्याेगबाट उत्पादित वस्तुलाई बजारिकरणमा सहजिकरण र प्राेत्साहनका लागि निशुल्क स्टल व्यवस्थापन गरिएकाे नेपाल घरेलु तथा सानम उद्याेग महासंघ दाङका अध्यक्ष प्रदीप मज्गैँयाले जानकारी दिनुभयाे ।