Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुली करिब चार करोड लगानीमा खानेपानी आयोजना सञ्चालन हुँदै

शनिबार, चैत ७, २०८२

कमिरेचौर, ७ चैत - दाङको बंगलाचुली गाउँपालिकामा करिब चार करोडको बजेटमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । गाउँपालिकाको सहलगानी तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जको संयुक्त लगानीमा खानेपानी आयोजना सञ्चालन हुने भएको होa

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

बंगलाचुली खानेपानी तथा सरसफाइ आयोजनाको बैठक गाउँपालिकाका तुलसीराम पुन मगरको अध्यक्षता एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका सिडिई देवेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा बसेको बैठकले बंगलाचुलीका विभिन्न ठाउँमा खानेपानी आयोजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

एक घर एक धाराको अवधारणाअनुसार बंगलाचलीमा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्नका लागि करिब चार करोडको लगानीमा खानेपानी आयोजना सञ्चालन हुन लागेको गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ मा खानेपानी आयोजना सञ्चालन हुने बताउनुभयो । खानेपानी आयोजना सञ्चालन गर्नका लागि बंगलाचुली खानेपानी सरसफाइ आयोजना दाङको उपभोक्ता समितिलाई चैत ९ गतेसम्म गाउँपालिकामा दर्ता गरिसक्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभएको छ ।

त्यस्तैगरी गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार बंगलाचुलीमा खानेपानी आयोजना सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्रका आम नागरिकहरुमा खानेपानीको पहुँच विस्तार गर्नका लागि थप खानेपानीका आयोजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन हुने लागेको समेत जानकारी दिनुभयो ।

गाउँपालिकाका तुलसीराम पुन मगरको अध्यक्षता एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका सिडिई देवेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका इञ्जिनियर बलदेव रेग्मी, गाउँपालिकाका प्रवक्ता तथा ३ नम्बर वडा अध्यक्ष शोभाराज विश्वकर्मा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण डाँगी, सचिव ऋषिराम विश्वकर्मा, कोषाध्यक्ष केशव घर्ती, गाउँपालिका सब इञ्जिनियर ऋषिकेश क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्