सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, १३ चैत - घाेराहीमा जारी प्रदेश स्तरिय महाेत्सवमा निशुल्क स्वास्थ्य शिविर भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा शुक्रवार स्वास्थ्य शिविर एवं स्वास्थ्य सम्बन्धी बहस कार्यक्रम भएकाे हाे ।
दैनिक विशेष कार्यक्रम संयाेजक सरद अधिकारीकाे अध्यक्षता एवं घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्दै चाैधरीले महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तरगत काम गरेकाेमा खुशी व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा सुधारको विषय सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयाे । उहाँले तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने र यसका लागि उपमहानगरपालिका तयार रहेको बताउनुभयाे । पछिल्लाे समयमा नसर्ने रोगहरुको समस्या बढीरहेको बताउदै चाैधरीले मृगौला डायलासिस गर्न समस्या भइरहेको छ बताउनुभयाे । अस्वस्थ खानपिनका कारणले गर्दा रोग बढीरहेको उहाँकाे भनाई छ । तरकारीमा रहेको विषादी जाँच्नका लागि उपमहानगरले योजना बनाइरहेकाे जानकारी दिनुभयाे । 'शिक्षा र जनचेतना नै ठूलो औषधी हो । गुणस्तरिय सेवाका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ ।' चाैधरीले भन्नुभयाे ।
कार्यक्रममा बाेल्दै घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले आफ्नाे स्वास्थ्यकाे विषयमा स्वयम् व्यक्ती सचेत बन्नुपर्ने बताउनुभयाे । ' 'आफ्नाे शरिरलाई कसरी राम्रो बनाउने भन्ने भन्ने बारेमा ध्यान दिनुपर्छ । घोराहीमा हामीले महिलाहरुका लागि पाठेघरको क्यान्सरको स्क्रिनिङ गर्ने गर्ने काम भइरहेको छ ।' डिसीले भन्नुभयाे- ''नसर्ने दिर्घकालिन रोगको नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्छ । सहयात्रा गरेर जाने बारेमा उपमहानगरपालिका तयार रहेको छ ।'
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान इमरजेन्सी विभाग प्रमुख डा. विकास गौचनले स्वास्थ्य क्षेत्रमा पहिलेको तुलनामा राम्रो भइरहेको र केही समस्याहरु रहेकाे बताउदै जिल्लामा नसर्ने रोगको समस्या रहेको बताउनुभयाे । उहाँले रोग पत्ता लगाउनका लागि ढीलाई भइरहेको बताउदै जिल्लामा सडक दुर्घटनाका कारणले गर्दा हुने समस्या उच्च देखिएको पनि बताउनुभयाे । मादक पदार्थ सेवन गर्नेहरुको स्वास्थ्यमा समस्या देखिएको उहाँकाे भनाइ छ । 'आम्दानीको आधा भन्दा धेरै रकम औषधी उपचारमा खर्च गर्नुपर्ने बाध्यता हटाउनुपर्छ । यो नै सवैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ ।' उहाँले भन्नुभयाे- ' जनस्वास्थ्यको कार्यक्रमलाई बलियो बनाउनुपर्नेछ, घर घरमा पुगेर चेतना बढाउनुपर्छ ।'
जनरल फिजिसियन डा. प्रकाश सुवेदीले पछिल्लो समय मानसिक समस्याका विरामीहरु बढीरहेकाे बताउनुभयाे । पछिल्लाे समयमा टिन ऐजका केटा केटीहरुमा नसर्ने राेगकाे समस्या देखिरहेकाे उहाँकाे भनाई थियाे । स्वास्थ्य सेवाका साना साना इकाईलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेकाे उहाँले बताउनुभयाे ।
स्त्री तथा पशुरोग विशेषज्ञ डा. रोशनी के.सीले पछिल्लो समय खानपानका कारणले गर्दा स्वास्थ्यमा अनेकन खालका समस्या आइरहेकाे बताउनुभयाे । सानो उमेरमा पनि महिनावारी हुने समस्या देखिएको, महिलाको तुलनामा पुरुषमा प्रजनन समस्या बढी देखिएकाे, पाठेघरको क्यान्सर, स्तन क्यान्सर जस्ता समस्या बढीरहेकाे उहाँकाे भनाई थियाे । 'आमाहरुलाई कुरा बुझाउनुपर्ने अवस्था रहेको छ । यसका लागि सवैको सहकार्य हुनुपर्छ ।' उहाँले भन्नुभयाे ।
जनस्वास्थ्य अधिकृत कुन्दन ठाकुरले स्वास्थ्य कार्यालयले नियमित रुपमा कार्यक्रम गरिरहेको बताउनुभयाे । नसर्ने रोगका बारेमा सचेतनाका कार्यक्रम भइरहेकाे, स्वास्थ्यका दिवसका कार्यक्रमहरु भइरहेकाे बताउदै उहाँले आवश्यकता छनौट गरेर सोही अनुसार कार्यक्रम लैजानुपर्ने आवश्यकत रहेको बताउनुभयाे ।' के कति कारणले गर्दा रोगहरु बढीरहेका छन भन्ने बारेमा थाहा पाउनु पर्ने भएको छ ।' उहाँले भन्नुभयाे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष एवं महाेत्सव आयाेजक मूल समितिका संयाेजक लव अधिकारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे स्वास्थ्य विशेष कार्यक्रम संयाेजक राधा पाैडेलले गर्नुभएकाे थियाे । शिविरमा ४ सय जना भन्दा बढिले उपचार सेवा लिनुभएकाे थियाे । शिविरमा घाेराही उपमहानगरपालिका, नेपाल नेत्रज्याेति संघ, बि.एस डाईडाेनाेस्टीक एण्ड पाेलिक्लीनिककाे प्राविधिक सहयाेग रहेकाे थियाे । शिविरमा निशुल्क रगत, पिसाब जाँच, आँखा जाँच गरिएकाे थियाे भने निशुल्क परामर्श सेवा प्रदान गरिएकाे थियाे ।
अर्जुनले नचाए दर्शक, शनिवार बर्दी पंगेनी
महाेत्सवमा शुक्रवार गायक अर्जुन सापकाेटाले दर्शक छमछमी नचाएका छन् । महाेत्सवमा आफ्ना चर्चीत गीतहरू गाएर गायक सापकाेटाले दर्शकहरू ननाए । उनले आफ्नाे चर्चीत गीतहरू चाेली फाट्याे मायाकाे, झलिकाे तिम्राे याद अलिकाे, फलाम बांगाे बनायाे आरनले, दु:ख साटम्या प्यारी लगायतका गीतहरू प्रस्तुति गर्नुभएकाे थियाे । शुक्रवार कलाकारहरू सुदन थापा, बालकलाकार युनिस घिमीरे, शान्तराम सेञ्चुरी लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सवमा शनिवार लाेक गायक बद्रि पंगेनीकाे प्रस्तुति रहने नेपाल घरेलु तथा साना उद्याेग महासंघ दाङका महासचिव सीता मल्लले जानकारी दिनुभयाे ।