सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, १४ चैत - घाेराहीमा जारी प्रदेश स्तरिय महाेत्सवमा गायक बद्रि पंगेनीकाे प्रस्तुतिसँगै दर्शकहरू छमछमी नाचेका छन् । शनिवार गायक पंगेनीले आफ्नाे प्रस्तुति राखेका थिए । जसमा दर्शकहरू छमछमी नाच्दै रमाए । हजाराै दर्शकहरूकाे उपस्थितिमा पंगेनीले आफ्ना चर्चीथत गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ देखि चैत १५ गतेसम्म ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित सञ्चालनमा रहेकाे ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा शनिवार गायक पंगेनीले आफ्ना चर्चीत गीतहरू 'झ्याप्पै आईन मगर्नी, रामपुर बजारका देखेकाे, सुर्खेत बुलबुले जाउला, चप्पल छिनियाे, बसे है पाले दाइ गेट नलाई नलाई, ससुरालीमा ख्यालख्यालमै दिल बस्याे कान्छी सालीमा' लगायतका गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । जसमा दर्शकहरू छमछमी नाचेका थिए ।
महाेत्सवमा शनिवार कलाकारहरू गायिका सजना श्रेष्ठ, गायिका विमला खड्का, गायक प्रेम शर्मा, माेडल जमुना सुनार, अस्मीता शर्मा, वर्षा मगर लगायतकाे प्रस्तुती रहेकाे थियाे ।
स्वास्थ्य शिविरमा ७ सयले लिए सेवा
महाेत्सवमा शुक्रवार र शनिवार स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । घाेराही उपमहानगरपालिका, नेपाल नेत्रज्याेति संघ, बि.एस डाईडाेनाेस्टीक एण्ड पाेलिक्लीनिककाे प्राविधिक सहयाेगा शिविर भएकाे थियाे । शिविरमा निशुल्क रगत, पिसाब जाँच, आँखा जाँच गरिएकाे थियाे भने निशुल्क परामर्श सेवा प्रदान गरिएकाे थियाे । शुक्रवार र शनिवार ७ सय बढिले स्वास्थ्य सेवा लिएकाे नेपाल घरेलु तथा साना उद्याेग महासंघ दाङका अध्यक्ष एवं महाेत्सव आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे ।
आईतवार चर्चीत कलाकारहरूकाे प्रस्तुति हुने
महाेत्सवमा आईतवार पनि सांस्कृतिक कार्यक्रम अन्तरगत चर्चीत कलाकारहरूकाे प्रस्तुति रहने भएकाे छ । आईतवार चर्चीत माेडल गंगु क्षेत्री, गायक सुकदेव अधिकारी, गायिका सुशिला थापा लगायतका कलाकारहरूकाे प्रस्तुति रहने महाेत्सवमा सांस्कृतिक संयाेजक गाेपाल गिरीले जानकारी दिनुभयाे ।