सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १५ चैत - घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा युवा उद्यम विशेष कार्यक्रम सम्पन्न भएको छ । महोत्सवको १० दिने विशेष कार्यक्रम अन्तरगत आईतवार युवा उद्यमशीलता विशेष कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित सञ्तालनमा रहेको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा युवा उद्यशीलता विशेष कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
‘स्थानीय उत्पादनको प्रयोग राष्ट्र समृद्धिको आधार’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सुप्रिया शर्मा प्रथम, ऋतिका बुढाथोकी दृतिय र विजया घर्ति तृतीय हुनुभएको थियो । सहभागी प्रतिस्पर्धीहरुले स्थानीय उत्पादनको प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले कस्तुरीले आँफुसँग भएको बिनाको महत्व थाहा पाउन नसकेको उदाहरण दिदै सबैले स्थानीय उत्पादनलाई प्राथमीकता दिनुपर्ने भनाई राख्नुभयो । स्थानीय स्रोत र साधनको प्रयोग गरेर साना तथा घरेलु उद्योगहरु सञ्चालन भईरहेकाले स्थानीय उत्पादनको प्रयोगले ती उद्योगको प्रवद्र्धन गर्ने पनि उहाँहरुको भनाई थियो । साथै सरकारले स्थानीय उत्पादन गर्ने उद्योगहरुको विकासमा ध्यान दिनुपर्ने उहाँहरुको भनाई थियो ।
विशेष कार्यक्रम संयोजक सरद अधिकारीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका उद्योग पवद्र्धन शाखा प्रमुख ईश्वरी पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले स्थानीय तहबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुका साथै उद्यमीहरुलाई प्रोत्साहित गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकालाई उद्योगमैत्री बनाउने अभियानमा आँफुहरु रहेको पनि बताउनुभयो । उद्यमशीलता समाजको विकासको एक दियो भएको बताउदै पाण्डेले उपमहानगरपालिकाले साना तथा घरेलु उद्योगहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘साना उद्योगबाट नै उद्यमशीलताको विकास हुन्छ, त्यसैले साना उद्यमीहरुलाई प्रोत्साहन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो– ‘ती साना उद्योगहरुले उत्पादनमा परिणाम देखाउने गरि काम गर्न आवश्यक पनि छ, जसमा हामीले पनि उपमहानगरपालिका बाट काम गरिरहेका छौँ ।’ उहाँले किसानहरुलाई अग्र्यानिक तरकारी उत्पादनमा ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवं महोत्सवमा आयोजक मूल समितिका संयोजक लव अधिकारीले यस महोत्सवमा उद्योमीहरुको विषयलाई ध्यानमा राखेर विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योगको क्षेत्रमा युवाहरुको आकर्षण लोभलाग्दो देखिए पनि उत्पादीत वस्तुको बजारिकणमा समस्या हुँदा केही निराशा देखिने गरेको बताउनुभयो । उहाँले स्थानीय उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुरोध गर्नुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले स्थानीय उत्पादनको बजारिकणका लागि स्थानीय तह गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई सहज रुपमा व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न अनुरोध गर्नुभयो । उद्योग वाणिज्य संघले स्थानीय उत्पादन गर्ने उद्योगीहरुलाई प्रोत्साहन सहित सहयोग गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा युवा उद्यमीहरु विवेक अधिकारी, हिसिला वली, गणेश न्यौपाने, विरेन्द्र खड्का लगायतले आफ्नो उद्यमी यात्राको अनुभव सहित भनाई राख्नुभएको थियो । उहाँहरुले प्रविधीको प्रयोग गरेर उद्यमशीलता गर्न सकेमा सहज वातावरण भएको बताउदै सरकारी निकायबाट हुने समस्याहरु समाधानकालागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले उद्यमशीलतामा अवसर धेरै भएकाले ती अवसरको सदुपयोग गर्न युवाहरुलाई अनुरोध गर्नुभयो । सहभागी युवा उद्यमीहरुले नयाँ सरकारले आँफुहरुलाई सहज रुपमा उद्यमशीलताको वातावरण निर्माण गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा विकीरण गौतम, लक्ष्मी आचार्य र सरद अधिकारी निर्णयक रहनुभएको थियो । कार्यक्रम संयोजक बिनोद के.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रचारप्रसार संयोजक आर.के.शीतलले गर्नुभएको थियो ।
सोमवार शान्ता रानीको प्रस्तुति महोत्सवमा सोमवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । जसमा पछिल्लो समय लोकदोहोरी क्षेत्रकी लोकप्रीय गायिका शान्ता रानी परियारको प्रस्तुति रहने छ । लोकदोहोरी क्षेत्र र स्टेच कार्यक्रममा आफूलाई अब्बल सावित गर्नुभएकी गायिका परियारका दर्जनौ गीतहरु लोकप्रीय छन् । ‘म त ढले ढले, पोखरा पृथ्वी चोकैमा, स्याउली बजारमा, बुझेन मायाले प्यार गरेको’ लगायतका गीतहरु लोकप्रीय छन् ।