सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १६ चैत - घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा स्थानीय उद्योगहरुलाई प्राथमीकता दिईएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले महोत्सवमा स्थानीय साना तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरुका लागि निशुल्क स्टल प्रदान गरेसँगै उद्योगीहरुले उत्पादीत वस्तुहरुको स्टलमा राखेका छन् । जसमा दर्शकहरुको पनि बाक्लो मात्रामा भिड लाग्ने गरेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा स्थानीय साना तथा घरेलु उद्योगहरुबाट उत्पादन भएका वस्तुहरुको स्टलहरुमा दैनिक उत्सुकताका साथ किनमेल गरिरहेका हुन्छन् । स्टलमा रहेका वस्तु केनमेलका साथै उत्सुकताका साथ उत्पादित वस्तु र उद्योग सञ्चालनका आईडिया पनि दर्शकहरुले स्टलका व्यवसायीहरुसँग जानकारी दिईरहेको पाईन्छ ।
महोत्सवमा स्थानीय उत्पादन भएको वस्तुहरु अल्लोका सामाग्री, गुडिया, भाँडा, अचार, फूलका विरुवाहरु लगायत वस्तुहरु राखिएको छ । स्थानीय उत्पादित सामाग्रीहरु सन्तोषजनक रुपमा विक्री भईरहेको व्यवसायीहरुको भनाई छ । हस्तकलाबाट उत्पादन गरिएको गुडियाहरु स्टल अभिषेक हस्तकलामा गुडिया लिनेहरु धेरै ग्राहक रहेको सञ्चालक सीता चौधरीले जानकारी दिनुभयो । सानादेखी ठुला गुडियाहरु विक्री भईरहेको उहाँले जानकारी दिनुभयो । ‘मैले आफै उत्पादन गरेको सामानहरु विक्रीका लागि स्टलमा राखेको छु’ उहाँले भन्नुभयो–‘गुडियाहरु लगायत वस्तुहरु विक्री भईरहेको छ । राम्रो छ व्यापार खुशी छु ।’
यस्तै अल्लोबाट उत्पादन भएका सामाग्रीहरु पनि स्टलमा प्रदर्शनी र विक्रीका लागि महोत्सवमा राखिएको छ । अल्लोबाट उत्पादन भएका वस्तुहरुको पनि विक्री भईरहेको व्यवसायीहरुको भनाई छ । अल्लोबाट उत्पादन भएका टोपी, पर्स, कोट, जुत्ता, झोला लगायतका सामाग्रीहरु राखिएको छ । अल्लोबाट उत्पादन भएका वस्तुहरु किन्नका लागि दर्शकहरु आईरहेको र बेलुकाको समयमा छत विक्री पनि राम्रो भएको व्यवसायी हिसिीला वलीले जानकारी दिनुभयो । उहाँले महोत्सवमसा व्यापार सन्तोषजनक रुपमा भईरहेको बताउनुभयो । आयोजकले स्थानीय उत्पादनका स्टलहरुलाई सहुलियन दिदाँ आँफू खुशी रहेको पनि उहाँको भनाई छ । ‘स्थानीय उत्पादनलाई यस महोत्सवमा सहुलियत दिएर हामीलाई आयोजकले उत्प्रेरित गरेको छ’ उहाँले भन्नुभयो–‘ग्राहकहरु पनि आईरहनुभएको छ । विक्री पनि भएको छ, हामी खुशी छाँै ।’ महोत्सवमा स्थानीय उद्यमीहरुले आफ्ना वस्तुहरु प्रदर्शनी र विक्रीका लागि स्टलमा राख्नुभएको छ ।
शान्ता रानी परियारको प्रस्तुति महोत्सवमा सोमवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति राख्नुभएको छ । पछिल्लो समय लोकदोहोरी क्षेत्रकी लोकप्रीय गायिका शान्ता रानी परियारको आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । लोकदोहोरी क्षेत्र र स्टेच कार्यक्रममा आफूलाई अब्बल सावित गर्नुभएकी गायिका परियारले लोकप्रीय गीतहरु ‘म त ढले ढले, पोखरा पृथ्वी चोकैमा, स्याउली बजारमा, बुझेन मायाले प्यार गरेको’ लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । सोमवार गायक रोशन रत्गैयाले पनि आफ्नो चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा मंगलवार गायक राज कुश्मी, लक्ष्मी बस्नेत लगायतका कलाकारहरुको प्रस्तुति रहने नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला महासचिव सीता मल्लले जानकारी दिनुभयो ।